माओवादी उपाध्यक्ष महरा नर्भिक अस्पताल भर्ना

डिसी नेपाल
५ चैत २०८० २१:१५
152
Shares

काठमाडौं। सुन तस्करी प्रकरणको अनुसन्धानका लागि पक्राउ परेका नेकपा माओवादी केन्द्रका उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महरा थापाथलीस्थित नर्भिक अस्पताल भर्ना भएका छन्।

महरा बिरामी रहेकाले अस्पताल भर्ना गराउनू भनेर जिल्ला अदालत काठमाडौंले आदेश दिएकाले महरालाई नर्भिक अस्पताल भर्ना गरिएको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)का एसपी तथा प्रवक्ता होविन्द्र बोगटीले बताए।

जिल्ला अदालत काठमाडौंले उनलाई चार दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति दिएको छ। तर, महरा अस्वस्थ भएकाले अस्पतालमा राखिएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *