बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान नजिकै किशोरीको शव फेला
धरान। सुनसरीको धरानमा एक किशोरीको शव फेला परेको छ। धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान नजिकै आज किशोरीको शव फेला परेको हो।
जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक नवीनकृष्ण भण्डारीका अनुसार प्रतिष्ठान र डिपोट स्कुलको बिचको खोल्सामा अन्दाजी १८–१९ वर्षकी किशोरीको शव फेला परेको हो। हालसम्म शवको पहिचान खुल्न नसकेको र घटनाबारे अनुसन्धान भइरहेको उनले बताए।
प्रवक्ता भण्डारीका अनुसार धारिलो हतियारले घाँटी रेटिएको अवस्था शव फेला परेको छ। शव खोल्सामा घोप्टो अवस्थामा भेटिएको उनको भनाइ छ। प्रहरीले शव नजिकै खुकुरी सेमत फेला पारेको छ। शव परीक्षणका लागि प्रतिष्ठानको शवगृहमा राखिएको प्रहरीले जनाएको छ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment