वाग्मती प्रदेशमा आजदेखि एचपीभी खोपको दोस्रो डोज दिइँदै

डिसी नेपाल
८ चैत २०८० ८:३३

काठमाडौं । वाग्मती प्रदेशका जिल्लाहरूमा आजदेखि पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप (एचपीभी)को दोस्रो डोज दिइँदै छ ।

गएको भदौमा डेमोस्ट्रेसन कार्यक्रमको रूपमा सुरु गरिएको ‘ह्युमन प्यापिलोमा भाइरस’ विरुद्धको खोपको दोस्रो डोज ६ महिनापछि दिन लागिएको हो ।

जसअन्तर्गत १४ वर्ष पूरा भई १५ ननाघेका बालिकालाई काठमाडौंको थापाथलीस्थित परोपकरा प्रसूति तथा स्त्रीरोग अस्पतालबाट दिइनेछ । सबै प्रदेशका प्रदेशस्तरीय अस्पतालबाट यो खोप दिइँदै छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *