लघु कथा: बिचारको बिँड
रामुले आज कक्षामा अनौठो प्रश्न सोध्यो, ” सही बिचार कहाँबाट आउँछ सर?” सरले पनि त्यही प्रश्न अरुलाई पनि गर्नुभयो।
“सही बिचार कहाबाट आउँछ त? ” कसैले भने कितावबाट। कसैले भने अभिवाबकबाट। कसैले त भने शिक्षकवाट।शिक्षक मानबीरले असहमति जनाउँदै भन्नुभो, ” कसैको पनि उत्तर मिलेन।”
कर्मले पुन: त्यही प्रश्न गर्यो , ” सही बिचार कहाँबाट आउँछ त सर?
” सरले हास्दै भन्नुभो, ” दिमागवाट। ” सवै वाल्ल परे। ” दिमागमा कसरी आउँछ सर ? ” रामु चर्को स्वरले चिच्यायो। सरले भन्नु भयो, ” रामु तिमीले हसियाको बिड देखेका छौ? ” ” छु सर ” उसले उत्तर दियो। अनि कोदालाको र बन्चराको नी देखेका छौ नी? ” ” हो देखेको छु ” उसले भन्यो। ” बिँडको काम के हो त?
सरले सोध्नुभयो। ” बिँडको काम समाउने हो सर। ” उनीहरुले भने। सरले भन्नू भयो, ” बिँड नभए ती औजारको काम छैन।
यसै गरि बिचारको पनि बिँड हुन्छ, हेर बाबु हो! विचारको बिँड भनेको व्यवहार हो। जसले कुनै पनि काम गर्छ भने उसको दिमागमा सही बिचार पनि उम्रीन थाल्छ।व्यवहार वा काम केही नगर्नेको दिमागमा बिचारको जन्म हुँदैन। “
No ads found for this position


Facebook Comment