कान्दाहारमा भएको आत्मघाती हमलामा २१ जनाको मृत्युको जिम्मेवारी आइएसले लियो

डिसी नेपाल
९ चैत २०८० १३:०५
40
Shares

काठमाडौं । अफगानिस्तानको दक्षिणी सहर कान्दाहारमा भएको आत्मघाती बम विस्फोटको जिम्मेवारी इस्लामिक स्टेट (आईएस) ले लिएको छ ।

बिहीबार भएको उक्त बम विस्फोटमा कम्तीमा २१ जनाको मृत्यु भएको छ । अफगानिस्तानको तालिबान सरकारले शहरको बैंकमा आत्मघाती बम विष्फोट भएको जनाएको छ।

आईएसले बम विष्फोटको जिम्मेवारी लिएको छ र तालिबानलाई लक्षित गरेको बताएको छ। आइएसको समाचार एजेन्सी अमाकले आक्रमणकारीले करिब १५० तालिबानी सदस्यहरूबीच विस्फोटक पदार्थ विस्फोट गराएको बताएको छ।

यो अफगानिस्तानमा यस वर्षको सबैभन्दा ठूलो विस्फोट हो। सरकारी कर्मचारी तलब लिन लाइनमा उभिरहेका बेला बैंकको शाखामा बम विष्फोट भएको हो ।

तालिबान सरकारले मृत्यु हुनेको संख्या तीन जना मात्रै दिएको भएपनि कान्दाहारको सबैभन्दा ठूलो अस्पताल मिरवाइसका एक चिकित्सकले नाम न छाप्ने सर्तमा बीबीसीलाई उक्त विस्फोटमा २१ जनाको मृत्यु भएको र कम्तीमा ५० जना घाइते भएको बताए ।

कान्दाहार तालिवानको शक्तिको केन्द्र हो। तालिबानका सर्वोच्च कमाण्डर यहाँ बस्छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *