सुदर्शन थापाको फिल्म ‘रावायण’को प्रदर्शन मिति घोषणा
काठमाडौं। फागु पूर्णिमाको शुभकामनासहित सुदर्शन थापाको फिल्म ‘रावायण’को प्रदर्शन घोषणा गरेको छ। यो फिल्म २०८१ भाद्र २१ गते तिजको दिन रिलिज हुनेछ।
सुदर्शन थापा प्रोडक्शन र पुजा शर्मा प्रोडक्शनको संयुक्त व्यानरमा बन्ने फिल्म सुदर्शन थापा र पुजा शर्मा मिलेर निर्माण गर्न लागेका हुन्।
फिल्मका मुख्य कलाकारहरुमा पल शाह, पुजा शर्मा, प्रियंका कार्की, प्रमोद अग्रहरी, निकीता चण्डक, प्रकाश शाह, कैलाश रावल, अर्जुनजंग शाही, शर्मिला मल्ल, प्रदिप ढकालको अभिनय रहनेछ।
निर्देशक थाापका अनुसार फिल्म चैतका तेस्रो साताबाट छायांकनका लागि फ्लोरमा जानेछ। फिल्ममा शिवम अधिकारीको लेखन, सौरभ लामाको छायांकन, विक्रम स्वार र रामजी लामिछानेको कोरियोग्राफी, श्री श्रेष्ठको एक्सन हुनेछ । फिल्मको संगीतको सम्पूर्ण काम मुम्बईमा गरिएको छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment