हर्क सम्पाङ अभिनित म्युजिक भिडियो माया धराने सार्वजनिक

डिसी नेपाल
१२ चैत २०८० १२:२१
208
Shares

काठमाडाैं। गायक प्रकाश गुरुङ गायन क्षेत्रमा आफ्नो नाम स्थापित गर्ने अभियानमा छन्। उनी आफूलाई ब्ल्याक डाइमण्डको नामले चिनाउन रुचाउँछन्।

यसअघि उर्गेन दोङको शब्द सङ्गीतमा अँगालोमा बाँधी तिमीलाई लगायतका गीत सार्वजनिक गरिसकेका गुरुङले माया धराने बोलको गीत सार्वजनिक गरेका छन्। यो गीतको शब्द तथा सङ्गीत पनि गायक गुरुङले नै गरेका हुन्।

माया धरानेमा गुरुङलाई गायिका मेलिना मैनालीले साथ दिएकी छन्। काठमाण्डौको किङ स्टुडियोमा रेकर्ड भएको गीतको सम्पादन राजु कार्कीले गरेका हुन्। गीत माया धरानेको म्युजिक भिडियोमा गायक गुरुङ र विमला खाजुमको मुख्य भूमिका रहेको छ।

भिडियोमा धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङको पनि विशेष भूमिका रहेको छ। भिडियोमा धरानमा श्रम गर्न जाँदा बसेको प्रेम प्रस्तुत गरिएको छ। भिडियोले धरानमा लगाएको माया चोखो हुन्छ भन्ने देखाएको छ।

माया धरानेले दर्शकको माया जित्नेमा आफु ढुक्क रहेको गायक गुरुङले बताएका छन्। माया धरानेको म्युजिक भिडियोलाई निर्देशक भीम लामाले निर्देशन गरेका हुन्। नृत्य निर्देशन भने नगेन्द्र राईले गरेका छन्।

सुमन तामाङले छायांकन गरेको भिडियोको सम्पादन हेमन तामाङले गरेका हुन्। भिडियोलाई ओएसआर डिजिटल युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *