नेपाली इच्छाधारी नागिनले राम्रो भ्यूज पाउँदै

डिसी नेपाल
१२ चैत २०८० १२:२०

काठमाडौं। नेपाली वेब सिरिजले यतिबेला सबै तिर चर्चा बटुलिरहेको छ । यस्तै चर्चा कमाइरहेको एउटा नेपाली वेब सिरिज हो नेपाली इच्छाधारी नागिन । राजु गिरिको लेखन तथा निर्देशनमा रहेको यस वेब सिरिजले नेपाली सिने जगतमा चर्चामा बटुलिरहको छ।

नेपाली इच्छाधारी नागिनको चौथो भाग सार्वजनिक भइसकेको छ । यसका निर्माता काजल गिरि , शंकर गिरि, पुर्णकला गिरि, कंगणा गिरि र सरिता गिरिले गरेका हुन्।

यसमा राजु गिरि ,सबिन बास्तोला,गिता अधिकारी ,विनोद श्रेष्ठ, देव महर्जन,ओसिन भट्टराई,संगीता शर्मा चन्द्र लामा,अन्जु हमाल, सुस्मिता र देवराज आचार्य लगायतका कलाकारहरुको अभिनय रहेको छ ।

सिरिजको कोरियोग्राफर रामेश्वर हुमागाई रहेका छ्न भने सम्पादन श्याम राज श्रेष्ठको रहेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *