सिद्ध गुफामा रमेश र मञ्जुको अनस्क्रिन रोमान्स

डिसी नेपाल
१३ चैत २०८० ११:२०
80
Shares

काठमाडौं। विश्व कीर्तिमानी गीतकार तथा उपन्यासकार डा. डीआर उपाध्यायको नयाँ गीत ‘राखी रहु आँखामा…’ श्रोता/दर्शकमाझ आएको छ। उपाध्यायकै स्वर, सागर अधिकारी ‘शरद’को सङ्गीत, राजु कार्कीको सङ्गीत संयोजन र प्रकाश विष्टको माष्टरिङ रहेको गीतको भिडियो सार्वजनिक भएको हो।

सुभाष श्रेष्ठ प्रधानको निर्देशन रहेको गीतको भिडियोमा मञ्जु खड्का क्षेत्री र रमेश थापालाई फिचरिङ गरिएको छ। तनहुँ जिल्लाको विमलनगरमा अवस्थित सिद्ध गुफा भित्र छायांकन गरिएको गीतको भिडियोमा विनोद तामाङले खिचेका हुन् भने पदम सुवेदीको सम्पादन छ। गीतको भिडियो डीआर म्युजिक एण्ड क्रियशन युट्युवमार्फत सार्वजनिक गरिएको हो।

डा.उपाध्यायले विभिन्न विधामा १३३ विश्व कीर्तिमान कायम गरेका छन्। यस्तै, उहाँका एक दर्जन बढी उपन्यास, तीन गीति पुस्तक र ३६ एल्बम सार्वजनिक भएका छन् । दुई सय पचासको हाराहारीमा गीत सार्वजनिक गरेका उपाध्यायका सयौं गीतका भिडियो पनि सार्वजनिक छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *