बडे मियाँ छोटे मियाँको ट्रेलर सार्वजनिक

डिसी नेपाल
१४ चैत २०८० ९:१५
68
Shares

मुम्बई। बडे मियाँ छोटे मियाँको ट्रेलर सार्वजनिक भएको छ । फिल्ममा अक्षय कुमार र टाइगर श्राफ मुख्य भूमिकामा छन् ।

बडे मियाँ छोटे मियाँलाई अली अब्बास जफरले निर्देशन गरेका हुन् । यस फिल्मको नाम घोषणा भएदेखि नै फ्यानहरु बडे मियाँ छोटे मियाँको प्रतिक्षामा रहेका थिए, अब यो फिल्म अप्रिल १० मा हलमा रिलिज हुँदैछ ।

बडे मियाँ छोटे मियाँमा अक्षय कुमार र टाइगर श्राफलाई हराउन एक मुखौटा लगाएका व्यक्ति देखिनेछन्। तर के तपाईंलाई थाहा छ, यो खलनायकको मुखौटा भित्र को रहेका छन् ?।

बडे मियाँ छोटे मियाँ मास्कमा देखिएका यी खलनायकले गत वर्ष ७ सय करोडको ब्लकबस्टर फिल्म दिएका थिए ।

उनी पर्दामा विभिन्न पात्रका लागि पनि परिचित छन् । ‘बडे मियाँ छोटे मियाँ’ मा मुखौटा लगाएका खलनायक अरु कोही होइन, सालारमा देखिएका दक्षिण अभिनेता पृथ्वीराज सुकुमारन हुन् ।

पृथ्वीराज सुकुमारन दक्षिणका चर्चित अभिनेता हुन् । अहिलेसम्म उनले धेरै फिल्ममा आफ्नो अभिनयले दर्शकको मन जितिसकेका छन् । बडे मियाँ छोटे मियाँमा पृथ्वीराज सुकुमारनको पात्रको नाम कबीर हो, जससँग अक्षय कुमार र टाइगर श्राफ भिड्नेछन्।

गत वर्ष, पृथ्वीराज सुकुमारनले प्रभाससँग फिल्म सालमा काम गरे, जसले बक्स अफिसमा ७०० करोड भन्दा बढी कमाएको थियो। बडे मियाँ छोटे मियाँमा अक्षय कुमारका साथै टाइगर श्राफ, पृथ्वीराज सुकुमारन, मानुषी छिल्लर, सोनाक्षी सिन्हा र अलाया एफ पनि मुख्य भूमिकामा देखिनेछन् । यस वर्षको ईद अक्षय कुमार र टाइगर श्राफको नाममा हुने भएको छ ।

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *