पाल्पामा १८ वर्षीया किशोरीको शव फेला

डिसी नेपाल
१४ चैत २०८० ९:५३

पाल्पा। पाल्पाको ख्याहामा एक किशोरीको शव फेला परेको छ । रिब्दीकोट गाउँपालिका–१, ख्याहाको कराङ्दी लप्सीखोला नजिकै हिजो बेलुका पद्मा ख्याहाको शव भेटिएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

किशोरीको हत्या भएको हुन सक्ने र यसबारे थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । किशोरीको स्थानीय शारदा माध्यमिक विद्यालयमा कक्षा १२ मा अध्ययनरत बिद्यार्थी हुन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *