सुनकोशीमा बेपत्ता दुईको शव फेला, एक बालक अझै बेपत्ता

डिसी नेपाल
१४ चैत २०८० ११:५०

गाईघाट। होली खेलेर नुहाउने क्रममा सुनकोशीमा बेपत्ता भएका दुई बालबालिका मृत्य फेला परेका छन्। उनीहरु आइतबारदेखि हराएका थिए।

जसमा बुधबार त्रियुगा नगरपालिका वडा नम्बर १४ साउने बस्ने बर्ष ९ की रेखा मगरको शव मृत अवस्थामा छन् भने मंगलबार सोही ठेगाना बस्ने बर्ष ६ को रिदम मगरको शब मृत अवस्था फेला परेको थियो।

रेखाको शव उदयपुरको त्रियुगा नगरपालिका २४ स्थित सिम्ले नजिक दुर्गे ढुंगामा फेला परेको र रिदमको शव खोटाङको बाराहापोखरी गाउँपालिका वडा नम्बर २ टप्पुभन्ने स्थानमा फेला परेका थिए।

अझै एक ९ वर्षका लोकचन्द्र मगर वेपत्ता रहेका छन् । होली खेल्दै सुनकोशीमा नुहाउने क्रममा बेपत्ता भएका थिए। प्रहरीले बेपत्ता बालकको खोजी कार्य जारी रहेको बताएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *