कति कमायो त करिना, तब्बु र कृतिको फिल्म ‘क्रु’ ले?

डिसी नेपाल
१७ चैत २०८० ९:२३
292
Shares

मुम्बइ। शुक्रबार, मार्च २९ मा भारतीय बक्स अफिसमा बलिउड र हलिउडका दुईवटा फिल्म देखिएका छन्।

एकातिर करीना कपूर खान, तब्बु र कृति सेननको फिल्म ‘क्रू’ थिएटरमा प्रवेश गरेको थियो भने अर्कोतर्फ हलिउडको शानदार फिल्म ‘गडजिला एक्स कङः द न्यू एम्पायर’ सबै भाषामा रिलिज गरिएको थियो।

करीना कपूर खान, तब्बु र कृति सेननको फिल्म ‘क्रू’ को बारेमा कुरा गरौं, जसलाई लिएर दर्शकहरु निकै उत्साहित रहेका थिए। राजेश कृष्णन निर्देशित कमेडी फिल्मले ओपनिङ दिनमै राम्रो प्रतिक्रिया पाएको छ।

तीनै सुन्दरीले फिल्ममा आफ्नो अभिनयले दर्शकलाई मोहित पारेका छन्। यसको उदाहरण सामाजिक सञ्जालमा देखिएको छ । दर्शकले सामाजिक सञ्जालमा ‘क्रू’ को निकै प्रशंसा गरिरहेका छन्।

फिल्म ‘क्रू’को ओपनिङ डेको कमाईको पछिल्लो कलेक्सन सार्वजनिक भएको छ । सैकनिल्कको रिपोर्ट अनुसार करिना, कृति सेनन र तब्बुको फिल्मले ओपनिङ डेमा ८.७५ करोड कमाएको छ।

यद्यपि, सप्ताहन्तमा आम्दानीमा वृद्धि हुने अपेक्षा गरिएको छ। ट्रेड एनालिस्ट रोहित जैसवालका अनुसार क्रुले सप्ताहन्तमा सजिलै ३५ करोड रुपैयाँ जम्मा गर्न सक्छ।

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *