नेदरल्याण्ड्समा नाइटक्लबमा मानिसहरूलाई बन्धक बनाउने आक्रमणकारी पक्राउ

डिसी नेपाल
१८ चैत २०८० १२:२२

काठमाडौं । नेदरल्याण्ड्सको पूर्वमा रहेको एउटा सहरको नाइटक्लबमा मानिसहरूलाई बन्धक बनाउने एक सशस्त्र आक्रमणकारीलाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीका अनुसार आक्रमणकारी शनिबार बिहान इडे शहरको प्याटीकोट नामक नाइटक्लबमा प्रवेश गरेका थिए ।

स्थानीय मिडियाका अनुसार आक्रमणकारीले आफूलाई विस्फोटक पदार्थले उडाउने धम्की दिए र चार जनालाई बन्धक बनाए।

पहिले तीन जनालाई हमलाकारीको चपेटाबाट मुक्त गरिएको थियो, त्यसपछि चौथो व्यक्तिलाई करिब छ घण्टा बन्धक बनाएर रिहा गरिएको थियो।

आक्रमणकारी नाइटक्लबभित्र पसेपछि त्यहाँ सरसफाइ गरिरहेका मानिसहरूलाई बन्धक बनाएका थिए ।

आक्रमणकारीको कारण खुल्न नसकेको तर उनको मानसिक अवस्थाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

नेदरल्याण्ड्सको प्रसारक एनओएसले स्थानीय समय अनुसार ५.१५ बजे अधिकारीहरूले मानिसहरूलाई बन्धक बनाएको खबर प्राप्त गरेको बताएको छ।

पूर्वी नेदरल्यान्ड्स प्रहरीका तर्फबाट अभियानको नेतृत्व गरिरहेका एन जान ओस्टरहार्टले जानकारी पाएको केही मिनेटमै प्रहरी घटनास्थलमा पुगेको बताए ।

अधिकारीहरूका अनुसार आक्रमणकारीसँग एउटा झोला र धेरै चक्कुहरू थिए जुन उसले बन्धकहरूलाई देखायो।

यसपछि यो क्याफे वरपरका करिब १५० घर खाली गरी सहरका मुख्य क्षेत्रहरु बन्द गरिएको थियो ।

प्रहरीले नाइटक्लब वरिपरि आफ्नो विशेषज्ञ टोली तैनाथ गरेर विस्फोटक प्रतिरोधी युनिट पनि तैनाथ गरेको थियो ।

अन्तिम बन्धकले नाइटक्लब छोडेपछि, आक्रमणकारी मास्क लगाएर बाहिर निस्कियो। प्रहरीले उनलाई हतकडी लगाएर लगे ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *