अरब मूलको शान्ति सेनाले गाजामा राहत सामग्री पुर्‍याउने इजरायली मिडियाको दावी

डिसी नेपाल
१८ चैत २०८० १५:०२
8
Shares

काठमाडौं । इजरायली सञ्चारमाध्यमले सरकारलाई उद्धृत गर्दै गाजामा राहत सामग्री पुर्‍याउन अरब मूलका शान्ति सेना प्रयोग गर्ने प्रस्तावबारे रिपोर्ट प्रकाशित गरेको छ।

रिपोर्टका अनुसार यी शान्ति सेनामा रहेका सबै सुरक्षा बल अरब मूलका हुनेछन्।

रिपोर्टका अनुसार इजरायलका रक्षामन्त्री योभ गालान्टले यसै साता आफ्नो अमेरिका भ्रमणका क्रममा यो प्रस्ताव राखेका छन् ।

यी शान्ति सेना तीन अरब देशका हुनेछन्। यद्यपी यी देशहरु को को हुन् भन्ने बारे जानकारी भने दिइएको छैन ।

साउदी अरेबिया र कतार यी देशहरूमा समावेश हुनेछैनन्।

अमेरिकाले यी शान्ति सेनाको व्यवस्थापन गर्नेछ, यद्यपि गाजामा भूमिमा अमेरिकी सेना उपस्थित नहुने बताएको छ।

हालसम्म इजरायली सरकारले यी रिपोर्टहरूमा कुनै आधिकारिक टिप्पणी गरेको छैन। यो पनि स्पष्ट छैन कि अरब देशहरू यसमा सामेल हुन तयार छन् वा छैनन्।

अरब देशहरूले कुनै पनि शान्ति योजना कार्यान्वयन गर्न स्वतन्त्र प्यालेस्टाइन राज्यको मान्यता दिनुपर्ने माग गर्दै आएका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *