गाजामा इजरायली हवाई आक्रमणमा तीन विदेशी सहायताकर्मीसहित चार जनाको मृत्यु

डिसी नेपाल
२० चैत २०८० १६:४३

काठमाडौं । गाजामा इजरायली हवाई आक्रमणमा तीन विदेशी सहायताकर्मी र उनीहरूका चालकको मृत्यु भएको छ।

हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले मारिएका सहायताकर्मीमध्ये एकजना बेलायतका, अर्का एकजना पोल्याण्डका र तेस्रो अस्ट्रेलियाका नागरिक रहेको बताएको छ । उनीसँगै उनका प्यालेस्टिनी चालकको पनि मृत्यु भएको छ ।

एक प्यालेस्टिनी स्रोतले बीबीसीलाई भनेअनुसार यी सहायताकर्मीहरूले बुलेट प्रुफ ज्याकेट लगाएका थिए। यसमा वर्ल्ड सेन्ट्रल किचेनको लोगो छापिएको थियो।

वर्ल्ड सेन्ट्रल किचेन एक अमेरिकी एनजीओ हो, जसले गाजाका मानिसहरूलाई खाना उपलब्ध गराउँदै आएको थियो। इजरायली सेनाले घटनाको अनुसन्धान भइरहेको जनाएको छ ।

अल-अक्सा अस्पतालका एक स्रोतले यी चार सहायताकर्मीको शव अस्पतालमा ल्याइएको बताए।

वास्तवमा यी सहायताकर्मीहरू देइर-अल-बलाहमा आफ्नो कारमा यात्रा गरिरहेका थिए। तटीय क्षेत्रबाट गुज्रदै गर्दा उनीमाथि हवाई हमला भएको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *