भारतको सर्वोच्च अदालतले बाबा रामदेवलाई भन्यो- कारबाही भोग्न तयार रहनुहोस्

डिसी नेपाल
२० चैत २०८० १७:१६
168
Shares

काठमाडौं । पतञ्जली आयुर्वेदको भ्रामक विज्ञापनको मुद्दामा योग गुरु रामदेव र उनका सहयोगी बालकृष्ण मंगलबार सर्वोच्च अदालतमा हाजिर भएका छन् ।

सर्वोच्च अदालतले आफ्नो निर्देशन पालना नगरे कारबाहीका लागि तयार रहन भनेको छ । पतञ्जली आयुर्वेदको “भ्रामक विज्ञापन” सम्बन्धी मुद्दामा सर्वोच्च अदालतले दुवैलाई हप्काएको छ।

पतञ्जलीले गत महिना यस विषयमा माफी पनि मागेको थियो तर अदालतले कम्पनीको यस प्रकारको माफीबाट आफू खुसी नभएको बताएको थियो ।

अदालतले माफीको मुद्दामा असन्तुष्टि व्यक्त गरेपछि रामदेवका वकिलले रामदेव र बालकृष्ण दुवै व्यक्तिगत रूपमा माफी माग्न तयार रहेको बताए।

रामदेवका वकिलले भने, ‘हामी माफी माग्न चाहन्छौँ र अदालतले जे भन्छ त्यही गर्न तयार छौँ ।’

फेब्रुअरी २७ मा सर्वोच्च अदालतले पतञ्जलीलाई विद्युतीय र छापा माध्यमबाट आफ्नो औषधिसँग सम्बन्धित सबै भ्रामक विज्ञापन तत्काल हटाउन आदेश दिएको थियो ।

सर्वोच्च अदालतले यस मामिलामा कुनै कारबाही नगरेकोमा केन्द्र सरकारलाई पनि तान्दै यी मानिसहरू आँखा चिम्लिएर बसेको बताएको छ ।

अदालतले भन्यो, “यो दुर्भाग्यपूर्ण छ। सरकारले तत्काल केही कदम चाल्नुपर्छ ।”




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *