दाजु बोनीसँग किन रिसाए अनिल कपुर ?

डिसी नेपाल
२१ चैत २०८० ११:३७
68
Shares

काठमाडौं। बलिवुडका चर्चित निर्माता र अभिनेता बोनी कपुर र अनिल कपुरबीचको सम्बन्ध बिग्रिएको खबर बलिवुडमा अहिले चर्चाको विषय बनेको छ। मिडिया रिपोर्टका अनुसार कपुर दाजुभाईबीच अहिले सम्बन्ध खराब भएको असर फिल्ममा देखिन थालेको छ।

निर्माता बोनीले आफ्ना भाइ अनिल कपुरसँग आफ्नो कुनै सम्बन्ध नरहेको बताउँदै उनी बिना नै ‘नो एन्ट्री’ को सिक्वेल घोषणा गरेपछि यसको चर्चा बढेको हो।

बोनी कपूरले भनेका थिए-‘अहिले अनिलसँग कुनै सम्बन्ध छैन।’ बोनीले फिल्ममा आफुले अनिललाई नलिएको विषयमा उनी रिसाएको बताएका छन्। उनले अन्य कारण केही नभएको बताउँदै उनी रिसाउनु स्वाभाविक भएको बताएका छन्। बोनीले यो व्यवसायिक निर्णय भएको बताउँदै आफूले अनिललाई दु:ख पुर्‍याउने केही काम गर्न नसक्ने समेत स्पष्ट गरेका छन्।

उनले नो इन्ट्रीको सिक्वेलको घोषणा गर्दै फिल्ममा वरुण धवन, दिलजीत दोसांझ र अर्जुन कपूरलाई लिएको कन्फर्म गरेका छन्।

यसैबीच, फिल्मका निर्देशक अनीस बज्मीले फिल्म नो एन्ट्री २, बोनी कपूर र अनिल कपूरबीचको झगडामा आफ्नो प्रतिक्रिया दिएका छन्। अनीस बज्मीले भने, ‘दुबै दाजुभाइ हुन्, भोलि एक अर्कालाई भेटेर अँगालो हाल्ने छन्।’

साथै बज्मीले दुवैको सम्बन्ध बिग्रिएको खबर सुनेर आफू छक्क परेको बताएका छन्। सन् २००५ मा आएको फिल्म ‘नो इन्ट्री’ मा सलमान खान, अनिल कपूर, फरदीन खान, बिपाशा बसु, ईशा देओल, लारा दत्ता, सेलिना जेटली र बोमन इरानी जस्ता कलाकारहरुको मुख्य भूमिका थियो। ‘नो एन्ट्री २’ मा वरुण धवन, अर्जुन कपुर र दिलजीत दोसांझको नाम पक्का भएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *