भारतमा जारी फ्रेन्डसिप कपको फाइनलमा नेपाल र गुजरात खेल्ने
काठमाडौं। भारतमा जारी फ्रेन्डसिप कपको फाइनलमा नेपाल र गुजरात क्रिकेट एसोसियसनको टिम खेल्ने भएका छन्। बिहिबार सम्पन्न खेलमा गुजरातले बरोडा क्रिकेट एसोसियसनको टिमलाई ५७ रनले पराजित गर्दै फाइनलमा पुगेको हो।
नेपालले यसअघि नै लगातार तीन खेलमा जित हासिल गरेर फाइनलमा आफ्नो स्थान सुरक्षित गरेको थियो । यद्यपि लिग चरणमा शुक्रबार नेपाल र बरोडाबीच खेल हुने छ।
फ्रेन्डसिप कपको फाइनल खेल भने आइतबार अप्रिल ७ मा हुने छ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment