नेपाल बरोडासँग पराजित

डिसी नेपाल
२३ चैत २०८० १७:०८

काठमाडौं। भारतमा जारी एसएमएस फ्रेन्डसिप कपअन्तर्गत लिगको अन्तिम खेलमा नेपाल बरोडासँग पराजित भएको छ।

बरोडाले दिएको १५७ रनको लक्ष्य पछाएको नेपाल १८.४ ओभरमा अलआउट हुदै ११९ रन मात्र बनाएपछि खेल ३७ रनले हारेको हो।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको बरोडाले निर्धारित २० ओभरमा ८ विकेट गुमाउदै १५६ रन बनाएको थियो।

यो खेलमा हार पराजित भएपनि नेपाल यसअघि नै फ्रेन्डसिप कपको फाइनलमा पुगिसकेको छ भने बरोडा प्रतियोगिताबाट बाहिरिएको छ। यस प्रतियोगितामा बरोडाको यो पहिलो जित हो।

अब फाइनलमा नेपाल र गुजरात एसोसियसनको टिम आइतबार खेल्दैछन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *