नेपाल ज्येष्ठ प्राध्यापक समाजको दशौं साधारणसभा सम्पन्न

डिसी नेपाल
२५ चैत २०८० १०:०४

काठमाडौं। नेपाल ज्येष्ठ प्राध्यापक समाजले आफ्नो दशौं साधारणसभा सम्पन्न गरेको छ । शनिबार काठमाडौं मोर्डन कलेजमा आयोजित कार्यक्रममा समाजले दशौं साधारणसभा सम्पन्न गरेको हो।

सो अवसरमा समाजका अध्यक्ष विमल शर्माले ज्येष्ठ प्राध्यापक समाजका विविधि पक्षमा प्रकाश पारेका थिए। उनले समाज गठनदेखि हालसम्मको अवस्थाका विषयमा जानकारी दिएका थिए।

२०६६ सालमा स्थापना भएको ज्येष्ठ प्राध्यापक समाजमा सदस्यहरु अवकाश प्राप्त प्राध्यापक रहेपनि वर्तमान संसारमा यो समूह ज्ञान, सीप तथा उन्नयनमा समाजका महत्वपूर्ण सम्पत्तिको रुपमा स्वीकार गरिएको छ ।

तथापि हाम्रो देशमा याो अवस्था राज्यले स्थापित गरेको देखिँदैन,’ समाजका महासचिव सिद्धि कोइरालाले भने। सो अवसरमा ९३ वर्षीय माधवप्रसाद शर्मालाई सम्मान गरिएको थियो




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *