ज्ञानेन्द्र गदालले ल्याए “कृष्ण कन्हैया” बजारमा
काठमाडाैं। धर्म, संस्कृतिले हामीलाई चिनाउँछ भने अध्यात्मले शान्तिको मार्ग देखाउँछ। संगीतमा पनि भक्ति संगीतले अनन्त जीवनको बोध गराउँछ।
यसै तथ्यलाई मध्यनजर गर्दै हालै एउटा मीठो भजन “कृष्ण कन्हैया” श्रव्य-दृश्य सहित युट्यूबमार्फत गीतकार ज्ञानेन्द्र गदालले बजारमा ल्याएका छन्।
गदालको आफ्नै शव्द रहेको उक्त भजनमा लोकप्रिय संगीतकार तृप्ति खड्का गुरुङको संगीत तथा स्वर दुवै रहेको छ। भजन काठमाडौंको सारेगम स्टुडियोमा रेकर्ड गरी पूर्वान्चलको इटहरी स्थित श्रीकृष्ण प्रणामी मन्दिर परिषरमा यसको म्युजिक भिडियो छायांकन गरिएको छ।
भजनको भिडियोमा श्रीराधा र मीरा दुवै पात्रको भूमिकामा लोकप्रिय नायिका मेनुका माझीले शसक्त अभिनय गरेकी छन् भने कलाकार दिनेश कोइरालाले श्रीकृष्णजीको भूमिका कुशलतापूर्वक निर्वाह गरेका छन्।
युवा निर्देशक अरुण प्रधानको निर्देशन र मेनुका माझीको सहायक निर्देशनमा तयार पारिएको उक्त म्युजिक भिडियोको म्युजिक नेपालले प्रसारण तथा बजार व्यवस्थापन गरेको छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment