मोजाम्बिकको उत्तरी तटमा डुंगा दुर्घटना, ९० जनाको मृत्यु

डिसी नेपाल
२६ चैत २०८० ६:४८
16
Shares

एजेन्सी। मोजाम्बिकको उत्तरी तटमा एउटा डुंगा डुब्दा ९० जनाभन्दा बढीको मृत्यु भएको स्थानीय अधिकारीहरूले बताएका छन्। डुंगामा सबार १ सय ३० जना मध्ये ५ जनाको सकुशल उद्दार गरिएको छ।

नामपुला प्रान्तका अधिकारीहरुका अनुसार हैजाको प्रकोप फैलिएपछि त्यसबाट भाग्ने प्रयास गरिरहेका सर्वसाधारणको डुंगा दुर्घटनामा मृत्यु भएको हो। मृत्यु हुनेमा धेरैजसो बालबालिका रहेका छन्।

यात्रु बोक्न योग्य नरहेको डुंगामा क्षमताभन्दा बढी यात्रु चढेकाले दुर्घटना भएको अनुमान गरिएको छ। सामाजिक संजालमा पोष्ट गरिएको अप्रमाणित भिडियोमा समुद्री तटमा दर्जनौं शवहरु लडिरहेको अवस्थामा देखिन्छ।

डुङ्गा लुङ्गाबाट नामपुला प्रान्तको तटमा रहेको मोजाम्बिक आइल्याण्डतर्फ जाँदै गरेको अवस्थामा दुर्घटनामा परेको हो। गत वर्षको जनवरीदेखि दक्षिणी अफ्रिकाका धेरै देशहरूमा फैलिएको हैजाको प्रकोपबाट नामपुला प्रान्त सबैभन्दा बढी प्रभावित छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *