रोचक बन्दै प्रिमियर लिग, लिभरपुल बराबरीमा रोकिँदा आर्सनल फाइदामा
काठमाडौं। इङलिश प्रिमियर लिगको यस सिजन रोचक बनेको छ। यस सिजनका ३१-३१ खेल सकिँदा लिगको उपाधि जित्न मुख्यत तीन टिमबीच कडा प्रतिष्पर्धा देखिएको छ।
गएराति सम्पन्न खेलमा लिभरपुल म्यानचेस्टर युनाइटेडसँग २-२ गोलको बराबरीमा रोकिएपछि यसको फाइदा आर्सनललाई भएको छ।
यस खेलमा म्यानचेस्टर युनाइटेडक लागि ब्रुनो फर्नानडेज र कोबी माइनूले एक एक गोल गरेका थिए भने लिभरपुलका लागि लुइस डियाज र मोहमद सलाहले एक एक गोल गरेका थिए।
अब लिगका ७ खेल खेल्न बाँकी रहँदा अहिले शिर्ष स्थानमा आर्सनल रहेको छ। ३१ खेलमा ७१ अंक रहेको आर्सनल र लिभरपुलको पनि ७१ अंक रहेको अवस्थामा गोल अन्तरका आधारमा अगाडी रहेको छ।
त्यस्तै तेस्रो स्थानमा रहेको म्यानचेस्टर सिटीको ३१ खेलमा ७० अंक रहेको छ।
त्यस्तैगरी लिभरपुललाई बराबरीमा रोकेको म्यानचेस्टर युनाइटेडको भने ३१ खेलमा ४९ अंक छ र लिगमा छैटौं स्थानमा रहेको छ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment