अन्तरिक्ष यात्रीको भूमिकामा प्रदीप खड्का
काठमाडौं। अभिनेता प्रदीप खड्काको नयाँ फिल्मको घोषणा गरिएको छ। फिल्म ‘एक्लो’ मा प्रदीप अन्तरिक्ष यात्रीको भूमिकामा देखिने भएका हुन्।
सोमबार सार्वजनिक गरिएको थिम पोस्टरमा अन्तरिक्ष यात्रीलाई चित्रित गरिएको छ। पात्रको अनुहार नदेखाइएको भए पनि यो भूमिकामा प्रदीपले अभिनय गर्ने जानकारी दिइएको छ।
प्रदीप शाहीको निर्देशनमा बन्ने यो फिल्म तीन सिरिजमा निर्माण हुने बताइएको छ। यसमा प्रदीपको अपोजिटमा अभिनेत्री बेनिशा हमाल हुने छिन्। त्यस्तै सुनिल थापा, विजय लामा, दीया पुन, कविता नेपाली, एवनराज उप्रेती लगायतको पनि मुख्य भूमिका रहने जानकारी दिइएको छ। यो फिल्म सन् २०२५ मा रिलिज गरिने पोस्टरमा उल्लेख छ।
शाइ प्रोडक्सन नेपालको ब्यानरमा निर्माण हुन लागेको ‘एक्लो’मा ह्याम्साएर एकाउन्टेनले सहकार्य गरेको छ। अहिले सेट डिजाइन र प्रि-प्रोडक्सनको काम भइरहेको कार्यकारी निर्माता क्षितिज सुवेदी खत्रीले जानकारी गराएका छन्। यस फिल्मको छायांकन वर्षको साउन अन्तिम साताबाट सुरु हुने निर्माण पक्षले जानकारी दिएको छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment