चिकित्सा शिक्षासम्बन्धी जाँचबुझ प्रतिवेदनमा ४३ जनालाई कारबाही गर्न सिफारिस

डिसी नेपाल
२९ चैत २०८० ६:४२

काठमाडौं । शिक्षा मन्त्रालयले चिकित्सा शिक्षासम्बन्धी जाँचबुझ आयोग–२०७४’को प्रतिवेदन कार्यान्वयनमा लाने निर्णय गरेसँगै सार्वजनिक भएको छ । सो प्रतिवेदनले त्रिविका उच्च पदस्थ अधिकारी लगायतमाथि कारबाहीको सिफारिस गरेको छ ।

६ वर्षपछि सो प्रतिवेदन सार्वजनिक भएको हो । सरकारले विशेष अदालतका पूर्वअध्यक्ष गौरीबहादुर कार्कीको अध्यक्षतामा ४ वैशाख २०७४ मा तीन सदस्यीय चिकित्सा शिक्षासम्बन्धी जाँचबुझ आयोग, २०७४ गठन गरेको थियो ।

डा. उपेन्द्र देवकोटा सदस्य र शिक्षा मन्त्रालयका तत्कालीन सहसचिव सूर्यप्रसाद गौतम सदस्यसचिव रहेका थिए । आयोगको प्रतिवेदनले ४३ जनामाथि विभिन्न प्रकारका आरोप लगाएको छ ।

मेडिकल सञ्चालनको प्रलोभन दबाबमा कानुनको दुरुपयोग गरी सम्बन्धन दिने काम गरेको आयोगको प्रतिवेदनमा उल्लेख छ । कारबाही सिफारिस परेकाहरूलाई आयोगले भविष्यमा सरकारी नियुक्ति गर्न अयोग्य ठहराएको छ । सो प्रतिवेदन ६ वर्षयता लुकाएर राखिएको थियो ।

नेपाल सरकारले ४ वैशाख २०७४ मा विशेष अदालतका पूर्वअध्यक्ष गौरीबहादुर कार्कीको अध्यक्षतामा तीन सदस्यीय चिकित्सा शिक्षासम्बन्धी जाँचबुझ आयोग, २०७४ गठन गरेको थियो । आयोगमा डा. उपेन्द्र देवकोटा सदस्य र शिक्षा मन्त्रालयका तत्कालीन सहसचिव सूर्यप्रसाद गौतम सदस्य सचिव थिए।

एमबीबीएस तहको अधिकतम मूल्य ३५ लाख तोक्न सिफारिस

चिकित्सा शिक्षासम्बन्धी जाँचबुझ आयोगले एमबीबीएस तहको अधिकतम मूल्य ३५ लाख तोक्न सिफारिस गरेको छ । विशेष अदालतका पूर्वअध्यक्ष गौरीबहादुर कार्की नेतृत्वको आयोगले तयार पारेको प्रतिवेदनमा एमबीबीएस तहको कार्यक्रमको शुल्क अधिकतम ३५ लाख तोक्ने सिफारिससहितको प्रतिवेदन तयार गरेको हो ।

२०७४ सालमा गठन भएको आयोगको प्रतिवेदन हाल आएर मात्रै सार्वजनिक गरिएको हो । प्रतिवेदनमा ३५ लाखबाहेक अन्य शुल्कजस्तै परीक्षा, काउन्सिल, भर्ना, पुस्तकालय, प्रयोगशाला आदिमा लिन नपाइने उल्लेख छ ।

यस्तै, बीडीएस कार्यक्रमको स्नातक तहको शुल्क अधिकतम १८ लाखभन्दा बढी लिन नपाइने समेत प्रतिवेदनमा उल्लेख छ । यसमा समेत अन्य थप शुल्क लिइन नपाइनेगरी सिफारिस भएको छ । मेडिकल कलेजहरूले भर्ना सूचनामै शुल्कको विवरण र विषयगत रूपमा उपलब्ध सिट संख्या अनिवार्य रूपमा खुलाउनुपर्ने समेत भनिएको छ ।

यी हुन् आयोगले दोषी ठहर गरेका पदाधिकारी

१. लोकमानसिंह कार्की अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख

२. तीर्थराज खनियाँ, उपकुलपति – त्रिभुवन विश्वविद्यालय

३. हीराबहादुर महर्जन, पूर्वउपकुलपति –त्रिभुवन विश्वविद्यालय

४. डा. रामकण्ठ माकाजु, उपकुलपति –काठमाडौं विश्वविद्यालय

५. डा. बीपी दास (बलभद्र दास), पूर्वउपकुलपति – बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान

६. डा. निलमणि उपाध्याय, पूर्वरजिस्ट्रार –मेडिकल काउन्सिल

७. डा. दामोदरप्रसाद गजुरेल, पूर्वअध्यक्ष –नेपाल मेडिकल काउन्सिल

८. सुधा त्रिपाठी, रेक्टर – त्रिभुवन विश्वविद्यालय

९. डिल्ली उप्रेती, रजिस्ट्रार – त्रिभुवन विश्वविद्यालय

१०. ताराप्रसाद सापकोटा, डिन – कानुन संकाय, त्रिभुवन विश्वविद्यालय

११. अधिवक्ता नारायण खनाल, कानुनी सल्लाहकार – त्रिभुवन विश्वविद्यालय

१२. डा. प्रकाशराज न्यौपाने, पूर्वप्रमुख –भक्तपुर क्यान्सर अस्पताल

१३. डा. चीनबहादुर (सीबी) पुन, पूर्वकार्यकारी निर्देशक – बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, भरतपुर

१४. प्रा. भरत झा

१५. प्राडा गोविन्दप्रसाद शर्मा

१६. प्राडा त्रिलोकपति थापा

१७. प्राडा केबी राउत

१८. डा. मनोहरप्रसाद गुप्ता

१९. चन्द्रलाल श्रेष्ठ

२०. हिरेन्द्रमान अमात्य

२१. डा. सीडी चावला

२२. प्रा. श्यामसुन्दर मल्ल

२३. प्राडा पन्ना थापा

२४. प्राडा रमेशप्रसाद सिंह

२५. डा. जगदीश चटौत

२६. प्रद्युम्न श्रेष्ठ

२७. डा. रमेशकुमार अधिकारी

२८. डा. रोहित श्रेष्ठ

२९. डा. ओजस्वी नेपाल

३०. प्राडा करवीरनाथ योगी

३१. प्राडा ज्योति शर्मा

३२. डा. केशवप्रसाद सिंह

३३. प्राडा प्रमोदकुमार श्रेष्ठ

३४. प्राडा परशुराम मिश्र

३५. प्राडा रामप्रसाद उप्रेती

३६. प्रल्हाद पन्त, त्रिवि

३७. डा. अनिल झा

३८. डा. शशी शर्मा

३९. डा. सरोज श्रेष्ठ

४०. रामप्रसाद खतिवडा, डिन – विज्ञान संकाय, त्रिभुवन विश्वविद्यालय

४१. राजेन्द्र पौडेल – त्रिवि कार्यकारी परिषद् सदस्य

४२. हरि पराजुली४३. डा. अंकुर साह, सदस्य – नेपाल मेडिकल

राजधानी दैनिकबाट




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *