अर्को इदमा सलमान खानको ‘सिकंदर’ रिलिज हुने

डिसी नेपाल
२९ चैत २०८० १२:३६

काठमाडौं। बलिवुडका सुपरस्टार सलमान खानले ईदको अवसरमा आफ्नो आगामी फिल्म ‘सिकंदर’ घोषणा गरेका छन्।

यो फिल्मलाई दक्षिणका चर्चित निर्देशक ए.आर. मुरुगादासले निर्देशन गर्नेछन्, जसले यसअघि ‘गजनी’ र ‘हॉलिडे’ जस्ता हिन्दी फिल्महरू निर्देशन गरिसकेका छन्। यस फिल्मको निर्माता साजिद नाडियाडवाला हुनेछन्।

बिहीबार इदको विशेष अवसरमा सलमानले सामाजिक सञ्जालमार्फत यो फिल्मको घोषणा गरेका हुन्। पोस्ट सेयर गर्दै उनले लेखेका छन्, ‘यो ईदमा ‘बडे मियाँ छोटे मियाँ’ र ‘मैदान’ हेर्नुहोस् र अर्को ईद आउनुहोस् र ‘सिकंदर’लाई भेट्नुहोस्… सबैलाई ईदको शुभकामना।’

मुरुगादास र सलमानले यसअघि फिल्म ‘जय हो’ मा सँगै काम गरिसकेका छन्।

सलमानको पछिल्लो फिल्म टाइगर-३ २०२३ मा रिलिज भएको थियो। उनको २०२४ मा किक-२ रिलिज हुने बताइएको छ भने २०२५ मा टाइगर भर्सेज पठान पनि आउँदै छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *