गर्लफ्रेन्ड चाहियो भन्दै पैसा तिरेर फेसबुकमा विज्ञापन !

डिसी नेपाल
२९ चैत २०८० १६:०६

काठमाडौं । आजको समयमा डेटिङ गर्ने तरिका परिवर्तन भएको छ। कसैको बायोडाटा अनलाइन हेरेपछि मानिसहरू एक अर्कालाई मन पराउँछन्। टिन्डर, ग्रिन्डर, बम्बल र हिंगे जस्ता विश्वभरका डेटिङ एपहरूले मानिसहरूलाई भेट्न र डेट गर्ने सुविधा उपलब्ध गराएको छ। तर यी सबैको बावजुद माइकल नामका एक व्यक्तिले प्रेमिका खोज्न अपनाएको बाटो अनौठो थियो ।

अमेरिकाका माइकलले डेटिङको लागि फेसबुकमा विज्ञापन निकालेका थिए। न्यूयोर्क शहरका ३३ वर्षीय सफ्टवेयर इन्जिनियरले फेसबुक मार्केटप्लेसमा आफ्नो लागि एक विज्ञापन पोस्ट गरे। यसमा लेखिएको थियो- ‘यो व्यक्तिगत डेटिङको विज्ञापन हो! मेरो लागि कति लज्जास्पद! तर (मलाई आशा छ) यो पनि रोचक छ?’ ब्लेजर र रिमलेस चश्मामा पोज दिइरहेको माइकलको फोटो पनि थियो। साथमा लेखिएको थियो- ‘डेट माइकल।’

माइकलले आफ्नो अनुरोधमा लेखे: ‘सबैभन्दा आधारभूत स्तरमा, म एक महिलालाई भेट्न चाहन्छु जो गम्भीर सम्बन्धका लागि तयार छिन् र ग्युयोर्क सबवे नेटवर्कको पहुँचमा बस्छिन्।’आफ्नो राजनीतिक विचारको बारेमा कुरा गर्दै उनले लेखे, ‘उदार/वाम झुकाव।’ मलाई राजनीतिको बारेमा कुरा गर्न मन लाग्छ तर मैले यसलाई आफ्नो पूर्ण व्यक्तित्व बनाएको छैन।

फेसबुकको मूल कम्पनी मेटाले वर्गीकृत विज्ञापनहरूको लागि प्रति हप्ता ५ डलरदेखि ५० हजार डलरसम्म शुल्क लिन्छ। २०१६ मा कम्पनीले फेसबुक मार्केटप्लेस मार्फत ई-कमर्स व्यवसाय विस्तार गर्यो। यी व्यक्तिको यो विज्ञापन भाइरल भएपछि चर्चामा आएको छ । यसबारे जनताले आ–आफ्ना धारणा राखेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *