फिल्म ‘रावायण’मा पलको एक्सन अवतार

डिसी नेपाल
३० चैत २०८० ११:३३

काठमाडौं। चकलेटी लुक्स र रोमान्टिक अवतारमा दर्शकको माझ लोकप्रिय बनेका पल शाह अब भने एक्सन अवतारमा देखिँदै छन्।

निर्देशक सुदर्शन थापाको ड्रीम प्रोजेक्टको रुपमा चर्चा भैरहेको फिल्म ‘रावायण’मा पलको एक्सन अवतार दर्शकले देखन पाउने भएका हुन्। यसैको तयारीका लागि एक हप्ता यता पल एक्सन डिरेक्टर श्री श्रेष्ठको निर्देशनमा एक्सन सिकिरहेका छन् र अभ्यास गरिरहेका छन्।

दुई बर्ष यता पल फिल्ममा देखिएका छैनन्। लामो समयको अन्तरलामा पल आउँदै गर्दा अब भने दर्शकले उनको लभर ब्वाई भन्दा भिन्न छविमा देख्न पाउने भएका हुन्। पलको ‘रावायण’ भन्दा पहिला ‘पुजार सार्की’ फिल्म रिलिज हुने छ। त्यहाँ पनि पल लभर ब्वाई नबनेर भिन्नै चरित्रमा देखिँदै छन्।

२०८१ भाद्र २१ गते तिजको दिन रिलिज मिति तोकिएको फिल्म ‘रावायण’ बैशाखबाट छायांकनमा जाँदैछ। सुदर्शन थापा प्रोडक्शन र पूजा शर्मा प्रोडक्शनको संयुक्त व्यानरमा बन्ने फिल्म सुदर्शन थापा र पूजा शर्मा मिलेर निर्माण गर्न लागेका हुन्।

फिल्मको मुख्य कलाकारहरुमा पलसँगै पूजा शर्मा, प्रियंका कार्की, प्रमोद अग्रहरी, निकीता चण्डक, प्रकाश शाह, कैलाश रावल, अर्जुन जगं शाही, शर्मिला मल्ल, प्रदिप ढकाल लगायतका कलाकारहरुको अभिनय रहने छ।

फिल्ममा शिवम अधिकारीको लेखन, सौरभ लामाको छायांकन, रामजी लामिछाने, बिक्रम स्वारको कोरियोग्राफी रहने छ । फिल्नको संगितको सम्पूर्ण काम मुम्बईमा गरिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *