नयाँ वर्षमा आईसीसीसीको रक्तदान कार्यक्रम

डिसी नेपाल
२ वैशाख २०८१ ११:४०

काठमाडौं। नयाँ बर्षको अवसरमा इन्टरनेशनल करिअर काउन्सिलिङ सेन्टर (आईसीसीसी) ले रक्तदान कार्यक्रमको आयोजना सम्पन्न गरेको छ।

क्यानडा अध्ययन सम्बन्धी भरपर्दो शैक्षिक परामर्श केन्द्र आईसीसीसीले आयोजना गरेको रक्तदान कार्यक्रममा ७५ जनाभन्दा बढी रक्तदाताहरुले रक्तदान गरेका छन्। नेपाल मेडिकल कलेज (एनएमसी) ब्लड बैंकसँगको सहकार्यमा विहान १० बजेदेखि सुरु भएको रक्तदान कार्यक्रम दिउँसो १ बजेसम्म चलेको थियो।

आईसीसीसीले शिक्षा क्षेत्रमा गरेको महत्वपूर्ण योगदानसँगै सामाजिक काममा पनि लाग्ने उदेश्य अनुरुप रक्तदान कार्यक्रमको आयोजना गरेको आईसीसीसीका निर्देशक राम खड्काले बताए।

खड्काले आईसीसीसी जिम्मेवार भएर शिक्षाको क्षेत्रमा काम गरिरहँदा अब भोलीका दिनमा पनि यस्ता सामाजिक कामलाई निरन्तरता दिने बताए।

त्यस्तै आईसीसीसीका म्यानेजर अमित श्रेष्ठले नेपाली विद्यार्थीलाई अध्ययनका लागि क्यानडा पठाउने संस्थाको रुपमा परिचित आईसीसीसीले आफूलाई समाजमा अन्तरघुलित गराउन रक्तदान कार्यक्रमको आयोजना गरिएको बताए।

यो नयाँ वर्षको सुरुवात हामीले सामाजिक कार्य गरेर गरेका छौं। आईसीसीसीले आफ्नो सामाजिक उत्तरदायित्व पनि बहन गर्नुपर्छ भन्ने हिसावले हामीले रक्तदान कार्यक्रमको आयोजनजा गरेका हौं’, श्रेष्ठले भने, ‘हामी मात्र होइन् सम्पूर्ण नेपालीहरु यो र यस्तै सामाजिक कार्यमा लाग्नुपर्छ भन्ने हामीलाई लागेको छ। हेर्दा सामान्य जस्तो देखिए पनि यो रगतले कसैको जीवन जोगाउँछ । हामीले रगत दान मात्र गरेका छैनौं, कसैलाई जीवन दान पनि दिएका छौं।

आईसीसीसीले सबै दाताहरूका लागि सुरक्षित र स्वच्छ वातावरण उपलब्ध गराएर उदाहारण प्रस्तुत गरेको छ। यस नयाँ वर्षमा सबै कुरा बिर्सिएर मानवतालाई नजिक ल्याउने उद्देश्यका साथ रक्तदान कार्यक्रमको आयोजना गरिएको आइसीसीसीले जनाएको छ।

आईसीसीसीले नेपालबाट अध्ययनका लागि क्यानडा जान चाहने विद्यार्थीलाई सहि परामर्श दिनुका साथै क्यानडामा भएका विद्यार्थीलाई सहजिकरण गरिदिने गरेको छ। आईसीसीसीमा शैक्षिक परामर्शसँगै भिसाको पूर्व तयारी कक्षा, डकुमेन्टेशन र भिसा एप्लाई लगायतका काम हुँदै आएका छन् ।

साथै, आईसीसीसी नेपालकै सबैभन्दा राम्रो र भरपर्दौ शैक्षिक कन्सल्टेन्सीको रुपमा स्थापित छ। आईसीसीसीले चावहिलसहित काठमाडौंको कमलादी, काठमाडौंको पुतलीसडक, पोखरा, बुटवल, चितवन, इटहरी, झापाबाट नेपाली विद्यार्थीलाई उत्कृष्ट सेवा प्रदान गरिरहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *