सलमान खान माथि आक्रमण गर्नेको तस्विर सार्बजनिक, मोटरसाइकल जफत

डिसी नेपाल
३ वैशाख २०८१ ७:२९

मुम्बई। आइतबार बिहान ५ बजे बान्द्रास्थित सलमान खानको ग्यालेक्सी अपार्टमेन्ट अगाडि गोली चलाइको थियो। दुईवटा मोटरसाइकलमा आएका आक्रमणकारीले ४ राउण्ड फायर गरेका थिए। गोलीबारी हुँदा सलमान आफ्नै घरमा थिए।

सो घटना पछि महाराष्ट्रका मुख्यमन्त्री एकनाथ शिन्देले सलमान खानसँग फोनमा कुरा गरेका थिए। शिन्देले मुम्बईका प्रहरी आयुक्तलाई सलमानको सुरक्षा बढाउन निर्देशन दिएका छन्। हाल अभिनेता खानको घरबाहिर सुरक्षा बढाइएको छ।

एक भिडियोमा सलमान खानको घर ग्यालेक्सी अपार्टमेन्ट बाहिर आएको छ। जसमा दुवै आक्रमणकारीले गोली हानेको देखिन्छ। गोली चलाउनेहरुको तस्विर पनि प्रहरीले सार्बजनिक गरेको छ।

मुम्बई प्रहरी स्रोतका अनुसार गोली चलाइएको बन्दुक ७.६ बोरको थियो। फोरेन्सिक विज्ञहरूले घटनास्थलबाट गोली फेला पारेका छन्। प्रहरीले आरोपीको मोटरसाइकल समेत नियन्त्रणमा लिएको छ। फोरेन्सिक टोलीले यसको अनुसन्धान गरिरहेको छ।

दुवै अभियुक्त राज्य बाहिरका हुन सक्ने र उचाई ५ ​​फिट ८ इन्च हुन सक्ने प्रहरीले जनाएको छ। प्रहरीले सलमानको घरबाहिर राखिएका सबै सीसीटीभी क्यामेराको डीभीआर जफत गरेको छ।

घटनाको जिम्मेवारी लरेन्स बिश्नोई समूहले लिएको छ। घटनाको जिम्मेवारी लरेन्स बिश्नोई समूहले लिएको छ। एक फेसबुक पेजमा सो घटनाका बारेमा जिम्मेवारी लिएको सार्बजनिक भएको छ, जसमा सलमान माथि भविष्यमा पनि आक्रमण हुनसक्ने लेखिएको छ।

यद्यपी यस पोस्टको प्रहरीले पुष्टि गरिसकेको भने छैन। थप जानकारी प्रहरीले अझै दिएको छैन। यति मात्रै भनेको छ कि सो घटनाको अनुसन्धान भइरहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *