अयुमी तामाङको ‘ओई सोस्टिनी’ तामाङ सेलो सार्वजनिक
काठमाडौं। अयुमी तामाङको प्रस्तुती रहेको ‘ओई सोस्टिनी ’ तामाङ सेलो सार्वजनिक भएको छ। फागुन २७ गते अयुमी तामाङको युट्यूवमार्फत यो गीत सार्वजनिक भएको हो।
यो गीतमा लोकप्रिय गायक विश्व दोङ र अयुमी तामाङको स्वर रहेको छ भने शब्द तथा संगीत डा. आशबहादुर तामाङको रहेको छ। निर्देशन तथा कोरियोग्राफी अनिश क्षेत्रीले गरेका छन्। भिडियोमा अयुमी तामाङ, सिद्धार्थ सिलवाल, अनिश क्षेत्रीको अभिनय रहेको छ।
लोकगीत तथा तामाङ सेलो जगेर्ना गर्ने उद्देश्यले अयुमी तामाङको यो पहिलो प्रयास हो। डा. आशबहादुर तामाङको सुपुत्री अयुमी तामाङले यसअघि ‘जाने भए’ भन्ने आधुनिक/पप गीतको म्युजिक भिडियोमा आफ्नै रचना/संगीत/स्वर र निर्देशनमा बजारमा ल्याइ सकेकी छन् भने डा. आशबहादुर तामाङले ४ दर्जन भन्दा बढी आधुनिक गीत, राष्ट्रिय गीत, लोकगीत तथा भजन श्रोतामाझ ल्याइसकेका छन्।
अष्ट्रेलियामा अध्ययनरत अयमी आफनी हजुरआमा धनमाया तामाङको विँडो थाम्ने सिलसिलामा ‘ओई सोल्टिनी’को म्युजिक भिडियोका लागि काठमाडौँ आएकी थिइन्।
अयुमी तामाङ ७२ वर्षको उमेरमा नेपालमा पहिलो पटक ढिलोभाका, ठाडोभाका जस्ता ढेट गीत रेकर्ड गर्ने लोक गायिका धनमाया तामाङकी नातिनी हुन्
No ads found for this position

डिसी नेपाल
Facebook Comment