करोडपति बाबुले २० वर्षसम्म छोराबाट आफ्नो सम्पत्ति लुकाए, गरिब भएको नाटक गरे

डिसी नेपाल
३ वैशाख २०८१ १६:२३

काठमाडौं । ठूलो ब्रान्ड र करोडौंको सम्पत्तिका मालिकले २० वर्षसम्म छोराबाट आफू धनी भएको कुरा लुकाए । छोराले युनिभर्सिटीबाट पढाइ सकेपछि मात्रै यो कुरा सुनाए । यो खबरलाई लिएर सामाजिक सञ्जालमा निकै चर्चा चलिरहेको छ ।

२४ वर्षीय झाङ जिलोङले आफ्ना करोडपति बुबा झाङ याओडुङले २० वर्षसम्म आफ्नो आर्थिक अवस्था लुकाएर राखेको स्थानीय सञ्चारमाध्यमलाई बताएका छन् । जसले गर्दा उनले सफलताको लागि कडा मेहनत गरिरहे ।

साउथ चाइना मर्निङ पोस्टको रिपोर्टअनुसार ५१ वर्षीय झाङ सिनियर हुनान स्पाइसी ग्लूटेन लातियाओ ब्रान्ड माला प्रिन्सका संस्थापक र अध्यक्ष हुन्, जसले प्रतिवर्ष ६० करोड युआनका सामान उत्पादन गर्छ।

यो ब्रान्ड झाङ जूनियर जन्मिएको वर्ष स्थापना गरिएको थियो। आफू पिङ्जियाङ काउन्टीको सामान्य फ्ल्याटमा हुर्केको उनी बताउँछन्। यो ठाउँ मध्य चीनको हुनान प्रान्तमा पर्छ। झाङ जुनियरलाई आफ्नो बुबाको ब्रान्डको बारेमा थाहा थियो। तर उनले कम्पनी सञ्चालन गर्न ठूलो ऋण लिएको बताए ।

आफ्नो परिवारको धनसम्पत्ति प्रयोग नगरी, उनले हुनानको राजधानी चाङ्साको एक उत्कृष्ट माध्यमिक विद्यालयमा भर्ना पाए । विश्वविद्यालयबाट स्नातक गरेपछि, झाङ जूनियरको सपना मासिक ६ हजार युआन तलबको जागिर खोज्ने थियो। यो कामबाट पाएको तलबबाट उनी ऋण तिर्न चाहन्थे ।

स्नातक पछि, झाङ सिनियरले आफ्नो छोरालाई आफ्नो परिवार वास्तवमै धेरै धनी भएको बताए र उनीहरू नयाँ घरमा पनि सरे। जसको मूल्य १४ लाख डलर रहेको छ । अब छोराले बाबुको व्यवसायलाई अगाडि बढाउन काम गर्न थालेका छन् ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *