काठमाडौं उपत्यकाको वायु अझै अस्वस्थ, विश्वको दोस्रो प्रदुषित शहर

डिसी नेपाल
४ वैशाख २०८१ ११:३७

काठमाडौं। काठमाडौं उपत्यकाको वायु अझै अस्वस्थ रहेको पाइएको छ। मुलुकको विभिन्न स्थानमा लागिरहेको डढेलो र धुलोका कारण वायु अस्वस्थ बनेको छ।

एयर क्वालिटी इन्डेक्सका अनुसार आज काठमाडौं उपत्यकाको वायुप्रदूषण १७७ एक्यूआइ मापन गरिएको छ। आज काठमाडौं विश्वको दोस्रो प्रदूषित सहरका रुपमा सूचीकृत रहेको छ। यसलाई स्वास्थ्यको हिसाबले अस्वस्थ मानिन्छ।

प्रदुषण मापनमा शुन्यदेखि ५० सम्मको एक्युआइलाई राम्रो मानिन्छ भने ५१ देखि १०० सम्मको एक्युआइलाई सतर्क रहनुपर्ने रुपमा लिइन्छ। १०१ देखि १५० सम्मलाई हुनुलाई श्वाशप्रश्वास र मुटु रोगीका बिरामीलाई असर गर्छ भन्न्ने बुझिन्छ भने १५१ देखि २०० सम्मको एक्युआइलाई पनि अस्वस्थकरका रुपमा लिइन्छ।

२०१ देखि ३०० सम्मको अति अस्वथ्य अवस्थाको वायू भनेर बुझिन्छ भने ३०१ देखि ४०० सम्मलाई खतरनाक र ४०१ देखि ४५० लाई अति खतरा मानिन्छ।

काठमाडौँ उपत्यकाको लागि वायुगुणस्तर व्यवस्थापन कार्ययोजना, २०७६ मा एक्युआईको मान ३०० भन्दा बढी भएको अवस्थालाई विपद्को रुपमा लिने उल्लेख छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *