मुन्नाभाइको तेस्रो सिरिज बन्ने
काठमाडौं। बलिवुडका सुपरस्टार संजय दत्तको चर्चित फिल्म मुन्नाभाइको तेस्रो सिरिज बन्ने भएको छ।
फिल्मका निर्माता विदु विनोद चोपडाले हालै आफ्नो एक अन्तर्वार्तामा मुन्नाभाई-३ को स्क्रिप्ट लेखनको काम जारी रहेको निश्चित रुपमा फिल्म बन्ने बताएका छन्।
उनले भनेका छन्-‘मुन्नाभाइ-३ को लेखन कार्य जारी छ। यो फिल्म शतप्रतिशत बन्ने विश्वास लिएको छु। यो चलचित्र मार्फत हामीले जनतालाई सही सन्देश पनि दिनेछौं। आज पनि मानिसहरुले त्यो जादुई अंगालो बिर्सन सकेका छैनन् । यसपटक पनि केही नयाँ ल्याउने छौं।’
हालै फिल्म १२ फेल बनाएर चर्चामा आएका चोपडाले बनाएको मुन्नाभाइ एमबिबिएसको पहिलो सिरिज २००३ मा रिलिज भएको थियो। त्यसपछि दोस्रो सिरिज लगे रहो मुन्नाभाई २००६ मा रिलिज भएको थियो । यस फिल्मका दुवै सिरिज बक्सअफिसमा सुपरहिट भएका थिए। मुन्नाभाएका दुवै सिरिजलाई राजकुमार हिरानीले निर्देशन गरेका थिए।
No ads found for this position

डिसी नेपाल
Facebook Comment