सिनेमा ‘मनसरा’ को ट्रेलर रिलिज
काठमाडाैं। कवि उपेन्द्र सुब्बाको दोश्रो निर्देशकीय सिनेमा ‘मनसरा’को ट्रेलर रिलिज भएको छ। राजधानीमा एक कार्यक्रमकाबीच सिनेमाको ४ मिनेट बढी लामो ट्रेलर सार्वजनिक गरिएको हो।
सार्वजनिक ट्रेलर र यसअघि टिजरले भनेका कुराहरुलाई थप व्याख्या गरेको छ। सार्वजनिक ट्रेलरमा टिजरका अलावा केही नयाँ पात्रहरु दृश्यमा देखा परेका छन् भने त्यसको साथमा मूल कलाकारको मनोदशा र सिनेमाले भन्ने कथालाई दर्शकका लागि थप कौतुहल्तापुर्ण बनाएको छ।
टिजरमा बाहुन बाजे बनेका प्रविणको लिम्बुनी मिरुनासँगको निकटतालाई ट्रेलरमा थप व्याख्या गरिएको छ भने बाजेकी नेवार्नी पत्नीसँगको अमिलो सम्बन्ध पनि ट्रेलरले पेस गरेको छ। ट्रेलरमा दयाको मिरुनासँग सम्बन्धलाई थप प्रष्ट बनाइएको छ। यी सब चिजले ट्रेलरलाई आकर्षक त बनाएको छ नै, त्यसका अलावा नेपाली सिनेमामा हुने गरेको दृश्य कथाको खडेरीलाई सिनेमामा सम्बोधन गर्ने देखाएको छ।
सिनेमाले सफल हुने संकेत गरेको छ। ट्रेलरमा कवि उपेन्द्र स्पष्ट झल्किन्छन्। सिनेमामा दया, मिरुना, प्रविण तथा मेनुकाका अलावा हेमन्त बुढाथोकी शान्ति गिरी, नेनहान राईको अभिनय रहेको छ। निर्देशक सुब्बाकै लेखन रहेको सिनेमाका निर्माता छायाँकार शैलेन्द्र ध्वज कार्की हुन्।
यस्तै, विष्ण कुमार लिम्बु मनोरथ पोखरेल, पर्शु अधिकारी, पिटर गुरुङ तथा जीवन लिम्बु थाक्लुङ सह-निर्माता हुन्। सिनेमामा निमेश श्रेष्ठको सम्पादन, अर्जुन कार्कीको रंग संयोजनको साथमा श्रवल राज पाण्डेको साउण्ड डिजाइन रहेको छ भने मानाहाङ लावती, मनिक शंखर र सुभम चाम्लिङ राईको संयुक्त कला निर्देशन रहनेछ।
त्यसैगरी सिजन दाहाल कार्यकारी निर्माता रहेको सिनेमामा किरण चाम्लिङ राई मुख्य सहायक निर्देशकका रुपमा रहनेछन्। एप्पल इन्टरटेन्मेन्ट कम्पनीले सिनेमाको वितरण गर्नेछ भने क्यूएफएक्स थिएटर पार्टनर रहेको छ भने जी टु वान डिजिटल पार्टनर बनेको छ।
सबैको अनुमान विपरितको व्यापार गर्नुका साथै समीक्षकिय रुपमा ‘जारी’ सिनेमाबाट तारिफ बटुलेका सुब्बाको यो सिनेमा रिलिजमिति घोषणा भएसँगै दर्शकका लागि प्रतिक्षित हुने सहज अनुमान गर्नसकिन्छ। ‘जारी’ले नेपाली वक्सअफिसमा १७ करोड बढिको व्यापार गरेको थियो।
No ads found for this position

डिसी नेपाल
Facebook Comment