गीतकार प्रमिला बस्नेतको ‘सधैं देख्ने सपनाको’ सार्वजनिक

डिसी नेपाल
८ वैशाख २०८१ ९:१७
16
Shares

काठमाडौं। नेपाली सुगम संगीतमा राम्रो सम्भावना बोकेकी गायिका संगीता चौधरीको स्वरमा‘सधैं देख्ने सपनाको’गीतको भिडियो सार्वजनिक भएको छ।

क्यानडामा रहेर पनि नेपाली गीत संगीतमा सक्रिय रहेकी गीतकार प्रमिला बस्नेतको शब्द तथा राजेश थापाको संगीत, साहस शाक्यको एरेन्जमा गीत तयार गरिएको छ।

जिन्दगीको यात्रा भरी आफनो प्रेमीलाई सदैव आफनो साथमै राख्ने कुरा लाई गीत व्यक्त गरिएको छ। आफूलाई जिवनको आधार स्तम्भ बनेको हेर्न गायिकाले चाहना राखेकी छन्।

गीतमा प्रेमील जोडीबीचकाे भावनात्मक प्रेम प्रंसगलाई समावेश गरिएको छ। गीतमा छायाँकन तथा सम्पादन र निर्देशन मिराज अर्यालको रहेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *