रौतहट प्रहरीद्वारा २४ लाख बढिको तस्करीको सामान बरामद

डिसी नेपाल
१० वैशाख २०८१ ९:३४
4
Shares

रौतहट। रौतहट स्थित तस्करहरुले बिभिन्न नाकाहुँदै अबैध रुपमा भारत बाट भित्र्याएको २४ लाख रुपैयाँ भन्दा बढीको तस्करीको बिभिन्न सामान ५ दिन भित्र प्रहरीले बरामद गरेको छ।

यही बैशाख देखि ४ गते देखि ९ गतेसम्म जिल्ला प्रहरी कार्यालय तथा मातहतबाट खटिएको प्रहरी गस्ति टोलीले जिल्लाको बिभिन्न स्थानबाट भंसार छली ल्याएको २४ लाख ५२ हजार १४३ रुपैया बराबरको सामानहरु नियन्त्रणमा लिएको हो जिल्ला प्रहरी प्रवक्ता डिएस्पी एलिजा गिरीले बताएकी छिन्।

बरामद लता कपडा, कस्मेटिक, किराना तथा अन्य सामानहरु आवश्यक कारवाहीको लागी आईतवार गौर भंसार कार्यालयमा बुझाइएको जिल्ला प्रहरी कार्यालय रौतहट द्वारा जारी सुचनामा उल्लेख गरिएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *