सलमान खानको बजरंगी भाइजान-२ को स्क्रिप्ट लेखन सकियो, चाँडै सुटिङ हुने

डिसी नेपाल
१० वैशाख २०८१ ११:४७

मुम्बई। अन्ततः सलमान खानको बजरंगी भाइजान-२ निर्माण हुने भएको छ। जसलाई लिएर पछिल्लो समय निर्माता केके राधामोहनले ‘बजरंगी भाइजान २’ को स्क्रिप्ट सकिएको पुष्टि गरेकी छन्।

उनका अनुसार ‘बजरंगी भाइजान २’ र ‘राउडी राठौर’ दुबै सिनेमाको सिक्वेलका स्क्रिप्ट पनि पूरा भइसकेको छ। बलिउड अभिनेता सलमान खानले सन् २०१५ को आफ्नो हिट फिल्म ‘बजरंगी भाइजान’ को सिक्वेल बनाउने घोषणा यसअघि नै गरेका थिए।

निर्देशक एसएस राजामौलीको रिलिजको तयारीमा रहेको फिल्म ‘आरआरआर’ को मुम्बई प्रि-रिलिजमा पुगेका अभिनेता सलमानले ‘बजरंगी भाइजान २’ बनाउने घोषणा गरेका थिए। जसको स्क्रिप्ट तयार भएको निर्मात्री राधामोहनले गरेका हुन्।

सलमान खानका अनुसार बजरंगी भाइजानको सिक्वेलको लेखन एसएस राजामौलीका पिता के भी विजयेन्द्रप्रसादले लेख्ने छन्। यो फिल्मको अघिल्लो संस्करण पनि विजयेन्द्रले नै लेखेका थिए। ‘बजरंगी भाइजान’का निर्देशक कवीर खान हुन्।

अब यो फिल्म कहिले देखी सुटिङमा जान्छ भन्नेमा कुनै जानकारी दिइएको छैन। त्यसमाथि, आगामी मे देखी सलमान खान ‘सिकिन्दर’ को सुटिङमा ब्यस्त हुने भएकाले यसपछि मात्रै सलमान बजरंगीको सिक्वेलमा काम गर्न सक्ने भारतीय मिडियाले जनाएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *