पदमको गीतमा किरण र एलिसाको प्रेम
काठमाडाैं। गायक पदम भट्टराईको नयाँ गीत ‘कालो कपाल रातो रिबन’ सार्वजनिक गरिएको छ।
शनिबार गायक भट्टराई स्वयंको युट्यूब च्यानलमा सार्वजनिक गीतमा उनलाई रेश्मा पुनले गायनमा साथ दिएकी छन्। राम अविरल विष्टको शब्द रचना रहेको गीतमा एसडी योगीको संगीत छ। रिकेश गुरुङ गीतका एरेञ्जर हुन्।
गीतको भिडियोमा भने अभिनेता किरण श्रेष्ठ र अभिनेत्री तथा मोडल एलिसा शर्मा प्रस्तुत छन्। गीतले उनीहरुको प्रेमभाव बोल्छ। एलिसाको रातो रिबनमा किरणको मन अल्झिएको बयान गीतले गर्छ। भिडियोमा उनीहरुको नृत्य छरितो देखिन्छ। गायक भट्टराई स्वयं पनि भिडियोमा प्रस्तुत छन्।
युमी बालामीको निर्देशन तथा कोरियोग्राफी रहेको गीतमा पिटर गुरुङको छायांकन तथा विष्णुहरी तिमल्सिनाको सम्पादन छ। गायक भट्टराईले गीतको अडियो र भिडियो दुवै बलियो रहेकाले दर्शकलाई मनपर्ने विश्वास व्यक्त गरेका छन् । यसअघि उनले ‘झरी झरी’, ‘कहीँ कतै तिम्रो’, ‘बेबी चढ्यो रे’ जस्ता गीत सार्वजनिक गरिसकेका छन्।
No ads found for this position

डिसी नेपाल
Facebook Comment