लघु कथा:दोषी को?

कृष्ण बोहरा
१६ वैशाख २०८१ ११:१८
68
Shares

सुन्दर आफ्नो बगैंचामा आशंकित मन लिएर प्रवेश गर्‍यो। बगैंचामा एउटा हरियो काँक्रो हराएको थियो। बगैंचा छेउमा एउटा ६ वर्षे बालक टुसुक्क बसेको रहेछ। उसले “अंकल! अंकल!” भनी सुन्दरलाई बोलायो।

“किन बाबु भनी उ बोल्यो!” बालकले भन्यो, ” मेरो आमाले तपाईंको काक्रा चोरेर उ त्यो झ्यालमा बसेर खायो।” छिमेकमा रहेको उसको घरतीरको झ्यालमा चोरी औंलाले औंल्यायो। सुन्दर छक्क पर्‍यो। बालक भनेका भगवानका रुप हुन भन्ने लाग्यो सुन्दरलाई।

त्यसको दुई वर्षपछि त्यो बालक पनि कसैको घरमा ढोका खुल्लै देखेमा खाने कुरा र यस्तै जे भेटिन्छ चोरेर भाग्ने गर्न लाग्यो। उनकी आमाले यसो गर्नु हुँदैन भनी गाली गरेको कहिल्यै सुनिएन। एकदिन एउटी महिलाको ट्यांका खोलेर केही सिक्का पैसा र ओखर चोरेर ल्याएछ उसले। आमा छोरा भएर ओखर फोरेर खाएको दृष्य पनि देखियो।

अहिले त्यो बालक निकै ठूलो भयो। तर उ ऐले घरमा छैन। चोरी केसमा जेलको हावा खाइरहेको छ। सुन्दरले प्रश्न गर्‍यो, ” दोष कसको? आमाको कि छोराको? “


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *