गायक विनोद राईको ‘परदेशी जिन्दगी’ सार्वजनिक
काठमाडाैं। गायक विनोद राईको स्वरमा रहेको ‘परदेशी जिन्दगी’ गीतको भिडियो सार्वजनिक भएको छ।
राजेश केसीको शब्द , डि आर अटुको संगीत र राजु कार्कीको एरेन्जमा रहेको गीत सार्वजनिक भएको हो।
परदेशमा रहेर आफनो जीवनको भोगाई सम्पूर्ण गर्ने आम युवाहरुको जीवन कथालाई गीतमा चित्रण गरेका छन्। गाउँ घरमा रहेको आफनो परिवार छोडेर प्रदेश जानुपर्दाको पीडालाई गीतमा समावेश गरिएको छ।
इशाक जगेवुको छायाँकन तथा सम्पादन र डि आर अटुको निर्देशन भिडियोमा देख्न सकिन्छ। गीतमा जीवन राई, शिसम बन्तवा राई, मैना सुनुवारको अभिनय रहेको छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment