अष्ट्रेलियाको पर्थमा चक्कु प्रहार, आरोपी नाबालिगको प्रहरीको गोली लागेर मृत्यु

डिसी नेपाल
२३ वैशाख २०८१ १०:४९

काठमाडौं । अष्ट्रेलियाको पर्थमा चक्कु चलाउने एक नाबालिगको प्रहरीको गोली लागेर मृत्यु भएको छ ।

गोली लाग्नुअघि नाबालिगले एक व्यक्तिलाई छुरा प्रहार गरी घाइते बनाएका थिए । पीडितको अवस्था गम्भीर तर स्थिर रहेको छ ।

प्रहरीले एक विज्ञप्ति जारी गर्दै शनिबार राति अबेरसम्म एक व्यक्तिले चक्कु प्रहार गरी सामान्य क्षति पु¥याएको सूचना प्राप्त भएको जनाएको छ । नाबालिगको उमेर १६ वर्ष थियो ।

उनलाई रोक्न गोली चलाइएको प्रहरीले जनाएको छ । गोली लागेर नाबालिगलाई अस्पताल लगिए पनि बचाउन सकिएन ।

पछिल्लो समय अष्ट्रेलियामा चक्कु सम्बन्धी अपराधमा बृद्धि भएको छ । गत महिना सिड्नीमा क्रिस्चियन धर्मगुरुमाथि पनि चक्कु प्रहार भएको थियो ।

यसअघि पनि सिड्नीको एउटा सपिङ मलमा महिला र बालबालिकालाई चक्कुले निशाना बनाएको घटना भएको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *