गाजामा युद्धविरामका लागि इजिप्टमा जारी शान्ति वार्ता कहाँसम्म पुग्यो ?

डिसी नेपाल
२३ वैशाख २०८१ १५:२८
20
Shares

काठमाडौं । इजिप्टको राजधानी कायरोमा इजरायली बन्धकहरूको रिहाइ र गाजाबाट युद्धविरामका लागि जारी शान्ति वार्ता आइतबार पनि जारी रहनेछ।

हमासका एक अधिकारीले भनेका छन्, “शनिबार कुनै सहमति हुन नसकेपछि आइतबार अर्को चरणको वार्ता सुरु हुनेछ।”

हमासका अर्का एक अधिकारीले यसअघि गाजामा युद्ध अन्त्य नहुने कुनै पनि प्रस्तावलाई स्वीकार नगर्ने बताएका थिए।

अर्कोतर्फ, इजरायली सरकारले सहमति होस् वा नहोस्, रफाहमा आक्रमण गर्ने योजनालाई अघि बढाउने बताएको छ।

इजरायलले दक्षिणी गाजाको रफाह सहरमा आक्रमण गर्ने योजना बनाएको छ । रफाहमा १२ लाखभन्दा बढी प्यालेस्टिनीहरूले शरण लिएका छन्।

गाजामा इजरायली आक्रमणका कारण ३४ हजारभन्दा बढी प्यालेस्टिनीले ज्यान गुमाएका छन् ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *