२५ किलो सुन तस्करीमा पक्राउ परेकी अफगान कूटनीतिज्ञको राजीनामा

डिसी नेपाल
२३ वैशाख २०८१ १६:०२

काठमाडौं । मुम्बई विमानस्थलमा २५ किलो सुन तस्करीमा पक्राउ परेकी अफगान कूटनीतिज्ञले आफ्नो पदबाट राजीनामा दिएकी छिन् । जाकिया वर्दक गत महिना युएईको राजधानीबाट १८.६ करोड रुपैयाँको २५ किलो सुन तस्करी गर्न खोजेको आरोपमा मुम्बई एयरपोर्टमा पक्राउ परेकी थिइन् ।

दुई वर्षभन्दा बढी समय मुम्बईमा अफगान कन्सुल जनरलको रूपमा सेवा गरिसकेपछि उनी गत वर्षको अन्त्यदेखि नयाँ दिल्लीका लागि अफगानिस्तानको कार्यवाहक राजदूत थिइन्।

जाकिया वर्दकले एक्समा भनिन् उनी र उनको परिवारलाई ‘धेरै व्यक्तिगत आक्रमणको शिकार बनाइयो जसले अफगान कूटनीतिज्ञको रूपमा सेवा गर्ने उनको क्षमतालाई असर गर्यो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *