भारतले गराएको आरोप लागेको हत्याकाण्डमा क्यानडामा थुप्रै गिरफ्तार

डिसी नेपाल
२३ वैशाख २०८१ १६:५५

काठमाडौं । क्यानडा प्रहरीले गत वर्ष ब्रिटिश कोलम्बियामा खालिस्तानी नेता हरदीप सिंह निज्जरको हत्यामा संलग्न रहेको कथित हिट स्क्वाडका सदस्यहरूलाई शुक्रबार पक्राउ गरेको छ। समाचार एजेन्सी रोयटर्सले क्यानेडियन ब्रोडकास्टिङ कर्पोरेसनलाई उद्धृत गर्दै यो जानकारी दिएको हो ।

रिपोर्टमा स्रोतका अनुसार अनुसन्धानकर्ताहरूले केही महिना अघि क्यानडामा संदिग्धहरूलाई पहिचान गरेका थिए र उनीहरूलाई कडा निगरानीमा राखिएको खुलासा भएको छ। रोयल क्यानाडाली माउन्टेड पुलिसबाट तत्काल कुनै प्रतिक्रिया नआएको रोयटर्सले जनाएको छ।

क्यानाडाली प्रसारण कर्पोरेसनले दाबी गरेअनुसार अधिकारीहरूले क्यानाडामा तीनवटा हत्यामा सम्भावित कनेक्सनहरूको सक्रिय रूपमा अनुसन्धान गरिरहेका छन्, जसमा एडमन्टनमा ११ वर्षीय बालकको घातक गोलीबारी पनि समावेश छ। रिपोर्टमा भनिएअनुसार हिट स्क्वाडका कथित सदस्यहरूले गुरु नानक सिख गुरुद्वारामा निज्जरको हत्यामा शूटर, ड्राइभर र जासूसको रूपमा विभिन्न भूमिका खेलेका थिए।

क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले धेरै पटक खालिस्तानी नेता हरदीप सिंह निज्जरको हत्या भारतले गराएको आरोप लगाएका छन्। उनले हालै टोरन्टोमा खालसा दिवसको अवसरमा आयोजित कार्यक्रममा भाग लिएका थिए जसमा खालिस्तानको समर्थनमा नारा लगाइएको थियो ।

यस्तो अवस्थामा भारतले निज्जरको हत्यालाई लिएर ट्रुडोको पछिल्लो बयानलाई लिएर फेरी प्रतिक्रिया दिएको छ । ट्रुडोको भनाइले क्यानडामा पृथकता, चरमपन्थ र हिंसालाई राजनीतिक स्थान दिएको भारतले आरोप लगाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *