हमास र इजरायलबीचको वार्ता समाप्त, गाजाबाट इजरायली सुरक्षा चौकीमा हमला

डिसी नेपाल
२४ वैशाख २०८१ १२:५९

काठमाडौं । गाजामा युद्धविराम र इजरायली बन्धकहरूको रिहाइका लागि कायरोमा जारी वार्ता समाप्त भएको हमासले जनाएको छ ।

अब आफ्नो प्रतिनिधिमण्डल कतार जाने र त्यहाँ रहेको हमासको राजनीतिक नेतृत्वसँग छलफल गर्ने हमासले जनाएको छ ।

यी शान्ति वार्ताका बारेमा जानकार एक अधिकारीले सीआईए निर्देशक विलियम बर्न्स पनि कतार जाँदै गरेको बताएका छन् ।

आफ्नो नाम नखुलाउँदै एक उच्च अधिकारीले यो कुराकानी पनि असफलताको नजिक रहेको बताए ।

हमास नेता इस्माइल हानिया र इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले वार्ता असफल भएकोमा एकअर्कालाई दोष दिएका छन्।

गाजा र इजरायलको बीचमा रहेको केरेम शालोम चेकपोस्टमा आइतबार भएको रकेट आक्रमणमा परी कम्तीमा १० जना घाइते भएका छन् । यो आक्रमण गाजाबाट गरिएको हो ।

यो पोष्ट गाजा भित्र राहत सामग्री पुग्ने केही मार्गहरू मध्ये एक हो।

इजरायली सेनाका अनुसार दक्षिणी गाजाको रफाह चेकपोस्ट नजिकबाट दश प्रक्षेपणहरू प्रहार गरिएको थियो।

आक्रमण भएको ठाउँ केरेम शालोम चेकपोस्टबाट करिब ३.६ किलोमिटर टाढा छ।

यसैबीच, इजरायलको तेल अभिभ सहरमा सरकारविरुद्ध व्यापक प्रदर्शन भएको छ।

प्रदर्शनकारीहरूले इजरायली सरकारसँग बन्धकहरूलाई रिहा गर्न माग गरिरहेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *