इजरायली प्रहरीले अल जजिरा टिभी नेटवर्कको कार्यालयमा छापा मार्यो

डिसी नेपाल
२४ वैशाख २०८१ १६:२३

काठमाडौं । इजरायली प्रहरीले जेरुसेलमको एम्बेसेडर होटलमा रहेको अल जजिरा टिभी नेटवर्कको कार्यालयमा छापा मारेको छ ।

इजरायलका सञ्चार मन्त्रीले छापा मार्दा प्रसारण उपकरणहरू जफत गरिएको बताए।

सञ्चार मन्त्रीले सोशल मिडिया प्लेटफर्म एक्समा एक भिडियो पोस्ट गरेका छन् जसमा पुलिस अधिकारीहरू अल-जजीरा टिभी नेटवर्कको कार्यालयमा प्रवेश गरेको देखिन्छ।

आइतवार, इजरायली सरकारको मन्त्रिपरिषद्ले अल-जजीरा टिभी नेटवर्कलाई देशको राष्ट्रिय सुरक्षाको लागि खतरा भएको भन्दै प्रतिबन्ध लगाउने प्रस्तावलाई अनुमोदन गर्‍यो।

अल-जजीरा टिभी नेटवर्कले इजरायली सरकारको ‘राष्ट्रिय सुरक्षा’ खतराको दाबीलाई ‘झूटो’ भनेको छ।

अल-जजिरा टिभी नेटवर्कको टोलीले पनि कानुनी जवाफको तयारी गरिरहेको छ।

इजरायली सरकारको यो कदमको मानवअधिकार संगठन र धेरै प्रेस समूहहरूले आलोचना गरेका छन्।

इजरायलको नागरिक अधिकारको संस्थाले प्रतिबन्ध हटाउन सर्वोच्च अदालतमा निवेदन दिने जनाएको छ।

विदेशी प्रेस संघले इजरायली सरकारको प्रतिबन्ध प्रेस स्वतन्त्रतामा खतरा भएको भन्दै इजरायली सरकारलाई निर्णय फिर्ता लिन अपील गरेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *