इजरायली सेनाले दक्षिणी गाजाको रफाह सहरबाट मानिसहरूलाई बाहिर निकाल्न थाल्यो

डिसी नेपाल
२४ वैशाख २०८१ १६:३६

काठमाडौं । इजरायली सेनाले दक्षिणी गाजाको रफाह सहरबाट मानिसहरूलाई बाहिर निकाल्ने प्रक्रिया सुरु गरेको छ।

रफाह सहरमा १० लाखभन्दा बढी प्यालेस्टिनीहरूले शरण लिएका छन् ।

इजरायली सीमा नजिक पूर्वी क्षेत्रमा बसोबास गर्ने मानिसहरूलाई खान युनिस र अल-मवासी जान भनिएको छ।

इजरायली सेनाले त्यहाँ टेन्ट, खाना, पानी र औषधिको सुविधा उपलब्ध गराइने दाबी गरेको छ ।

इजरायलका प्रधानमन्त्री नेतन्याहुले हमासलाई पराजित गर्न रफाहमा आक्रमण आवश्यक रहेको बताएका छन् ।

धेरै मानवअधिकार संगठनहरूले इजरायललाई रफाह आक्रमण नगर्न अपील गरेका छन्।

मानवअधिकार संगठनहरूले इजरायलले रफाहमा आक्रमण गरे हजारौं प्यालेस्टाइनीको मृत्यु हुन सक्ने डर व्यक्त गरेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *