श्रीमानसँग झगडा भएपछि महिलाले ६ वर्षीय छोरालाई गोहीको मुखमा फालिदिइन्

डिसी नेपाल
२५ वैशाख २०८१ १२:२५

काठमाडौं । भारतको कर्नाटक राज्यमा एक महिलाले श्रीमानसँग झगडा भएपछि ६ वर्षीय छोरालाई नहरमा फालिदिएको घटना सार्वजनिक भएको छ ।

घटनापछि बालकको खोजीमा खटिएको खोजी टोलीले गोहीको बङ्गाराबाट बालकको शव फेला पारेको छ । उनको शवको केही भाग गोहीले खाएको छ । प्रहरीले महिला र उनका श्रीमानलाई पक्राउ गरी हत्याको मुद्दा दर्ता गरेको छ ।

प्रहरीका अनुसार घटना उत्तर कन्नड जिल्लाको डण्डेली तालुकको हलामाडी गाउँमा भएको हो । यहाँ ३२ वर्षीया महिला सावित्री र उनका श्रीमान् रवि कुमार (३६) लाई यस मुद्दामा पक्राउ गरिएको छ ।

वास्तवमा उनका ६ वर्षका छोरा विनोदलाई बोल्न र सुन्नमा केही समस्या थियो, उनी सामान्य बालबालिकाले जस्तै सुन्न र बोल्न सक्दैनथे । यही विषयलाई लिएर श्रीमान्–श्रीमतीबीच दिनहुँ झगडा हुने गरेको छ ।

शनिबार सावित्री र रविबीच बच्चालाई लिएर झगडा भएको थियो । त्यसपछि सावित्रीले आफ्ना छोरा विनोद (६) लाई राति करिब ९ बजे नहरमा फ्याँकिदिइन् । यो नहर गोहीको प्रकोप रहेको काली नदीमा मिसिन्छ । घटनाको केही समयपछि प्रहरी र दमकलको टोलीले खोजी कार्य सुरु गरेको थियो । तर, लामो खोजीपछि पनि राति भेटिएन ।

भोलिपल्ट आइतबार खोजी टोलीले गोहीको बङ्गाराबाट बालकको शव फेला पारेको थियो । उनको दाहिने हातको भाग गोहीले खाएको छ । शरीरमा गम्भिर चोट र टोकेको निशान छ । आरोपित दम्पतीले मिस्त्री र घरेलु काम गर्थे। दुवैलाई १४ दिनको लागि न्यायिक हिरासतमा पठाइएको छ ।

महिलाले यो घटनामा आफ्नो श्रीमान् जिम्मेवार रहेको बताइन् । उनले बारम्बार छोरोलाई मर्न देउ, ऊ केवल खाइरहन्छ भन्थे । श्रीमानले यसो भनिरहँदा छोराले कति यातना सहन सक्थ्यो होला ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *